३१ भाद्र २०७८, बिहीबार

यात्रुसहितको जेट विमानको गेयर फेल भएपछि

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १०:१५


एजेन्सी । म्यानमारमा पाइलटले अगाडिको चक्का नभएको विमान सुरक्षित अवतरण गरेका छन् । विमानको गेयर फेल भएपछि पाइलटले अगाडिको चक्का बिना नै यात्रुसहितको जेट विमान सुरक्षित अवतरण गरेका हुन् ।

द म्यानमार नेशनल एयरलाइन्सको विमानमा ८९ जना यात्रु र चालक दलका सदस्य थिए । विमानमा रहेका कसैलाई पनि चोटपटक लागेको छैन । विमानको ल्यान्डिङ्ग गेयर तल खसेको आंशक गरिएको थियो ।

अघिल्लो भागको ल्यान्डिङ्ग गेयरमा समस्या आएपछि पाइलटले इन्धन बर्न गरेर विमानको तौल कम गरि सुरक्षित अवतरण गरेका हुन् । विमान रोकिनुअघि धावनमार्गमा झण्डै २५ सेकेण्ड घर्सिएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा