१३ माघ २०७८, बिहीबार
राजनीति

प्रचण्ड भन्छन्, ‘अब केही वर्षभित्रै चीनको ल्हासाबाट रेल आउँछ’

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार १३:३७


काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही वर्षभित्रै रेल काठमाडौं आउने बताएका छन् । सोमबार प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभूति सीताको जन्म जयन्ती समारोह विषेश कार्यक्रमलाई सम्बोधन गर्दै अब केही वर्षभित्रै चीनको ल्हासाबाट रेल आउने जिकिर गरेका हुन् ।

चीनबाट रेल आउने सपना जस्तो लागे पनि अब विपनामै परिणत हुन लागेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘सुरुमा चीनको ल्हासाबाट रेल ल्याउने कुरा सुन्दा सपना जस्तो लागेको थियो अब केहि वर्षमै त्यो सपना विपनामा परिणत हुन्छ ।

तपाईं हामी जीवित रहँदारहँदै रेल आउछ ।’ उक्त रेललाई लुम्बिनी र पोखरासम्म पुर्‍याउने पनि बताए । उनले आफू प्रधानमन्त्री हुँदा सबैभन्दा पहिले चिनियाँ राष्ट्रपतिलाई ल्हासाबाट रेल ल्याउने र भृकुटीले खेलेको भूमिकालाई स्थापित गर्न नयाँ अभियान चलाउने कुरा गरेको जानकारी पनि जानकारी दिए ।

उनले भने, ‘चीन भ्रमणमा जाँदा मैले त्यहाँका राष्ट्रपतिलाई भनेको थिएँ, ल्हासाबाट काठमाडौं हुँदै पोखरा र लुम्बिनीसम्म रेल लैजाने कुरा । यो सपना साकार पार्न हामीले मिलेर काम गर्नुपर्छ भनेको थिएँ । अहिले मलाई अब यो सपना रहेन । अब त्यो सपना विपनामा साकार हुँदैछ,’ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा