६ माघ २०७८, बिहीबार
खोज / विशेष

शताब्दी पुरुष जोशीलाई ललितपुरमा नगर परिक्रमासहित बिशेष सम्मान

प्रकाशित मिति :  ३० बैशाख २०७६, सोमबार २०:१५


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीलाई ललितपुरमा नगर परिक्रमासहित बिशेष सम्मान गरिएको छ । सोमबार ललितपुर महानगरपालिकाले ललितपुरमा आयोजना गरेको बिशेष कार्यक्रमकाबीच कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सम्मानपत्र प्रदान गरेका हुन् ।।

त्यस्तै उनलाई ललितपुर महानगरपालिकाको तर्फबाट ताम्रपत्रबाट सम्मान गरिएको थियो भने काठमाडौँ महानगरपालिका र मध्यपुरथिमि नगरपालिकाले पनि ताम्रपत्रबाट सम्मान गरेको थियो ।

कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले आफूलाई दया, माया गरेर सबैले सम्मान गरेकोमा आभार व्यक्त गरे  । उनले मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन संस्कृतिको विकासमा जोड दिन पनि सबैलाई आह्वान पनि गरे।

कार्यक्रममा शताब्दी पुरुष जोशीको बारेमा लेखिएको सिडी चक्का विमोचन गरिएको थियो । त्यस्तै जोशीले लेख्नुभएको लाखे क्व थैइगु नामक पुस्तक विमोचन गरिएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा