ह्वाट्सएप : प्राविधिक कमजोरी पत्ता लगाएर ‘जासुसी आक्रमण’ !
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १७:५८:५
एजेन्सी । इन्टरनेटमा सन्देश आदानप्रदान गर्न प्रयोग हुने ह्वाट्सएपमा विद्यमान एउटा कमजोरीलाई दुरुपयोग गरेर ह्याकरहरूले फोन र अन्य उपकरणहरूमा जासुसी सफ्टवेअर राख्न सफल भएको बताइएको छ।
फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका अनुसार सो आक्रमणले केही निश्चित प्रयोगकर्तालाई लक्षित गरेको र यो काम कुनै दक्ष साइबर विज्ञले गरेको हो। ह्वाट्सएपले विद्यमान कमजोरीलाई हटाउन सो एपको अपडेट उपलब्ध गराएको छ। उसले आफ्ना सबै एक अर्ब ५० करोड प्रयोगकर्तालाई एप अपडेट गर्न भनेको छ।
फाइन्यान्शल टाइम्सले लेखेअनुसार सो कार्य इजरायलमा आधारित एनएसओ समूहले गरेको हो। सो आक्रमणबारे पहिलो पटक मे महिनामा थाहा भएको थियो। ह्वाट्सएपले कति प्रयोगकर्ता प्रभावित भए भनेर भन्न सकिने अवस्था नभएको भन्दै यो आक्रमणको लक्ष्यमा निश्चित व्यक्तिहरू परेको हुन सक्ने बताएको छ।
कसरी आक्रमण भयो ?
आक्रमण गर्ने व्यक्तिले ह्वाट्सएपको भ्वाइस कल सुविधा प्रयोग गरेर निसानामा भएको व्यक्तिलाई घण्टी दिने गर्थे। फाइन्यान्शल टाइम्सका अनुसार त्यसो गर्दा कल नउठे पनि जासुसी गर्ने उद्देश्यले बनाएको सफ्टवेअर निसानमा रहेको स्मार्टफोनमा स्वतस् जडान भइदिन्थ्यो। तर कलको विवरण भने त्यो फोन वा अन्य डिभाइसमा बस्दैनथ्यो।
ह्वाट्सएपका अनुसार उसको सुरक्षा टोलीले सो कमजोरी पत्ता लगाएको थियो। उसले मानव अधिकार समूह, केही सुरक्षा प्रविधि समूह र अमेरिकी न्याय मन्त्रालयलाई त्यसबारे जानकारी दिएको बताएको छ।
फेसबुकले बेहोर्यो हालसम्मकै सबभन्दा खराब समस्या
मङ्गलवार तेल अभिभस्थित एउटा अदालतमा एनएसओ समूहको प्रविधि निर्यातको अनुमति खारेज गर्ने सम्बन्धमा सुनुवाइ हुँदैछ।
सप्टवेअर कसले बनाएको हो ?
इजरायली कम्पनी एनएसओ समूहले सो सफ्टवेअर विकसित गरिएको अनुमान छ। एनएसओलाई ‘साइबर हतियार विक्रेता’का रूपमा चिनिन्छ।
यसको प्रमुख सफ्टवेअर पेगाससले फोनको माइक्रोफोन र क्यामरा प्रयोग गरेर स्थान तथा स्थितिको जानकारी जासुसी गर्न सक्ने बताइएको छ। एक विज्ञप्तिमा समूहले भनेको छ, हाम्रो प्रविधि सरकारी निकायहरूलाई अपराध र आतङ्कवादविरुद्ध लड्ने उद्देश्यको हो।
‘कम्पनीले यो प्रविधि सञ्चालन गर्दैन र सुरक्षा निकायहरूले सार्वजनिक सुरक्षाका कार्यमा यसलाई कसरी प्रयोग गर्ने भन्ने निर्क्योल गर्छन्।’
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार
राजनीति देश र जनताका लागि हुनुपर्छ : उपसभापति गुरुङ
बैशाख ३१, २०८१ सोमबार
ठूला सरकारी अस्पतालमा जनशक्ति थप्ने नवनियुक्त स्वास्थ्यमन्त्री यादवको निर्णय
बैशाख ३१, २०८१ सोमबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
धनगढी र दार्चुलामा करेन्ट लागेर दुई जना घाइते
बैशाख ३१, २०८१ सोमबार
पोखराबाट खैरो हिरोइनसहित दुई जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार