गाउँमा नाम मात्रकाे कार्यालय, सेवा सदरमुकामबाट
इन्द्र रिजाल
बैशाख ३१, २०७६ मंगलबार १९:४०:३२
जाजरकोट । यहाँका स्थानीय तहले दुई ठाउँमा कार्यालय सञ्चालन गरेर वर्षेनी बजेट सक्दै आएका छन् । जुनिचाँदे, बारेकोट र कुशेगाउँपालिकाबाट हाल भवन, सडक, खानेपानीलगायत पूर्वाधारका काम धमाधम भइरहेका छन् । गाउँमा कार्यालय नाममा मात्र हुँदा स्थानीयवासीले सेवा लिन भने सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।
कुशे गाउँपालिकाको केन्द्र थर्पु भार्ममा कार्यालय भवन निर्माण पूरा भइसकेको छ । कुशेको केन्द्र थर्पु भार्मसम्म सडक पनि पुगेको छ । लाखौंँ खर्चेर भवन, खानेपानी, सडकलगायत भौतिक संरचना बनाइए पनि उक्त केन्द्रबाट सेवा भने सञ्चालन हुन सकेको छैन ।
कुशेले रु दुई करोड ५० लाखको लगानीमा केन्द्र थर्पुमा ६ भवन बनाएको छ ।
त्यस्तै केन्द्रसम्मै जीप, ट्रयाक्टरलगायत सवारी साधन गाडी पनि पुग्छन् तर जनताका लागि सेवा पुगेको छैन ।
कुशे गाउँपालिकाले सदरमुकाम खलङ्गाबाटै प्रवाह गर्दै आएको छ । भौतिक पूर्वाधारको अभाव भन्दै दुई वर्षअघिदेखि खलङ्गाबाट सञ्चालन हुँदै आएको उक्त सेवा गाउँबाट प्रवाह नहुँदा दुर्गमका सेवाग्राहीलाई सास्ती भएको छ ।
गाउँबाट सेवा प्रवाह नगर्ने कुशे गाउँपालिका मात्र एक्लो छैन, जुनीचाँदे र बारेकोट गाउँपालिकाले पनि सदरमुकामबाटै सेवा चलाउँदै आएका छन् ।
कुशे र बारेकोटले बैंकको कारण देखाउँदै खलङ्गाबाट सेवा सञ्चालन गर्ने गरेका छन् भने जुनीचाँदेले केन्द्र विवादका कारण देखाउँदै खलंगाबाट सेवा प्रवाह गर्दै आएको छ ।
असुरक्षाका कारण कुशे, बारेकोट र जुनीचाँदेमा बैंक सञ्चालन हुन सकेका छैनन् । बारेकोटको केन्द्र लिम्सामा कार्यालय भवन निर्माणाधीन छ भने चालु आर्थिक वर्षमै उक्त केन्द्र सडक सञ्जालमा जोडिने भएको छ ।
जुनीचाँदे यसअघि नै सडक सञ्जालमा जोडिएको छ । केन्द्र विवादका कारण भवन निर्माण हुन सकेको छैन ।
त्यस्तै उक्त गाउँपालिकाका अधिकांश वडाध्यक्ष र वडा सचिवले वडा केन्द्रमा बसेर नियमित सेवा प्रवाह नगर्दा पनि स्थानीय बासिन्दा थप मर्कामा परेका छन् ।
वडा तथा गाउँपालिका कार्यालयको सेवा सदरमुकामबाटै सञ्चालन हुने गर्दा दुर्गमका सेवाग्राहीलाई सेवा लिन कर्मचारी खोज्दै हैरान हुने गरेको छ ।
वडाध्यक्ष फेला परे सचिव फेला नपर्ने र सचिव फेला पर्दा अध्यक्ष फेला नपर्ने समस्याले सेवाग्राहीलाई सताउने गरेको कुशे –९ का काली सिंहले बताए।
बारेकोट, कुशे र जुनीचाँदे गाउँपालिकाले हजारौंँ भाडा खर्चेर सदरमुकाममा सम्पर्क कार्यालय खोलेका छन् । स्थानीय तह गठनसँगै परिवर्तनको आशा बोकेका जनता पछिल्लो समय निराश बन्दै गएको कुशे– ५ का रामबहादुर नेपालीले बताए ।
“जनताले मागेको सडक, विद्युत्, खानेपानी, सिँचाइलगायत पूर्वाधार विकास हुनु त परको कुरा भयो, सरकारी सेवा प्रवाहमा समेत अलमल छ । ”
जनप्रतिनिधि आएको दुई वर्ष बित्दा पनि सम्बन्धित स्थानीय तहको केन्द्रबाट सेवा सञ्चालन नहुँदा दुर्गमका सेवाग्राहीलाई विगतजस्तै सास्ती हटेको छैन ।
दुर्गमका सेवाग्राहीलाई पञ्जीकरण, बैकिङ कारोवार, नागरिकता सिफारिश, योजना सम्झौता तथा भुक्तानीलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने वाध्यता नहटेको बताए ।
सुरक्षा र कर्मचारी अभावमा एक वडा सचिवले चार वटा वडा कार्यालयमा काम गर्नुपर्ने बाध्यता भएकाले गाउँमा गएर काम गर्न नसकिएको बारेकोटका अध्यक्ष महेन्दबहादुर शाहले बताए । उनले भने, “विवाह, जन्म, मृत्यु, बसाइँसराइलगायत पञ्जीकरण गर्न स्थायी कर्मचारी हुनुपर्ने प्रावधान छ, अस्थायी तथा करारका कर्मचारीले पञ्जीकरणका काम गर्न मिल्दैन ।
ती स्थानीय तहका वडा सचिवले पञ्जीकरणका लागि खाली कागजमा हस्ताक्षर गरेर गाउँगाउँमा पठाउने गरेका छन् ।”जनप्रतिनिधि र कर्मचारी सुविधाभोगी बन्दा अधिकांश स्थानीय तहले खलङ्गामा अघोषित कार्यालय स्थापना गरेको पाइएको स्थानीयवासीको भनाइ छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
चुनाव जित्नेमा विश्वस्त छु : सुहाङ नेम्वाङ
बैशाख १५, २०८१ शनिबार
इलाम उपनिर्वाचन : कांग्रेस उम्मेदवार खड्काले गरे मतदान
बैशाख १५, २०८१ शनिबार
नयाँ आविष्कार- अब इलेक्ट्रोनिक ग्याजेट हथौडाले हने पनि नफुट्ने
बैशाख १५, २०८१ शनिबार
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
बैशाख १५, २०८१ शनिबार
बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै
बैशाख १५, २०८१ शनिबार
भारतको सहयोगमा चितवनमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण
बैशाख १५, २०८१ शनिबार