१३ माघ २०७८, बिहीबार

पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार २०:१६


हङकङ । पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र ‘यूएसजीएस’ ले जनाएको छ ।

भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका तरङ्ग उत्पन्न हुनसक्ने प्यासिफिक सुनामी वार्निङ सेन्टरले चेतावनी दिएको छ ।

भूकम्पको केन्द्रविन्दु पपुवा न्यूगिनीको उत्तरपूर्वी कोकोपो टापूमा पृथ्वीको सतहदेखि ४४ किलोमिटरको गहिराइमा रहेको युएसजीएसले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा