८ आश्विन २०७८, शुक्रबार

सन्दीपले १० लाखको महंगो बाइक किने

प्रकाशित मिति :  ३१ बैशाख २०७६, मंगलवार २३:०२


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले मंगलबार १० लाख रुपैयाँ पर्ने स्पोर्ट्स बाईक किनेका छन् ।

भारतमा आइतबार सम्पन्न इन्डियन प्रिमियर लिग ‘आईपीएल’क्रिकेट खेलेर भर्खर स्वदेश फर्किएका सन्दीपले बिएमडब्लु ब्राण्डको जी ३१० मोडलको महंगो बाइक किनेका हुन् ।

सन्दीपले सामाजिक संजाल इन्स्ट्राग्राममा बाइकसँगको तस्विर पोस्ट् गर्दै आफ्नो परिवारमा नयाँ सदस्य थपिएको उल्लेख गरेका छन् ।

सन्दीपले आइपीएलमा दिल्ली क्यापटिल्सबाट खेलेका थिए । उनले दिल्लीमा ५५ लाख रुपैयाँ पारिश्रमिक पाएको बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता