३१ भाद्र २०७८, बिहीबार
राजनीति

एकसाता लामो विदेश भ्रमण पूरा गरि प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

प्रकाशित मिति :  १ जेष्ठ २०७६, बुधबार ०९:४९


kp-oli-departure-today

काठमाडौं । भियतनाम र कम्बोडियाको एकसाता लामो औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी ओली आज बुधबार स्वदेश फर्कंदै छन् ।

समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा गत वैशाख २६ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री ओली आज अपराह्न कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उनले वैशाख २६ गते देखि ३० गतेसम्म भियतनाम र वैशाख ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा