८ माघ २०७८, शनिबार

लाजियोलाई कोपा ईटालियाको उपाधि

प्रकाशित मिति :  २ जेष्ठ २०७६, बिहीबार ०८:५१


एजेन्सी । ईटालियन कोपा ईटालियाको उपाधि लाजियोले जितेको छ । उपाधि भिडन्तमा एटलान्टालाई २–० गोल अन्तरले पराजित गर्दै लाजियोले कोपा ईटालियाको उपाधि हात पारेको हो ।

खेलको अन्तिम ८ मिनेटमा दुई गोल गर्दै लाजियोले उपाधि हात पार्न सफल भयो । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिलिनकोभिक साभिकले ८२ औ मिनेटमा गोल गर्दै लाजियोर्ला सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको अन्तिम मिनेटमा फरवार्ड जोकिन कोरियाले गोल गर्दै टोलीको जित सुनिश्चित गरे । उपाधिसंगै लाजियो अर्को सिजन युरोपा लिगमा छनोट भएको छ ।

चौथो स्थानको एटलान्टाको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै छ । उसले लिगको अन्तिम दुई खेलमा युभेन्ट्स र सासुलोविरुद्व जित निकाल्नुपर्नेछ । सात पटकको उपाधि जितेका लाजियोले सन् २०१३ मा अन्तिम कप कप उपाधि उचालेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा