प्रतापपुरबाट लागुऔषधसहित तीन पक्राउ
इन्द्र रिजाल
जेठ ३, २०७६ शुक्रबार १६:४६:३४
नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–९ बेलाटारीस्थित त्रिभुवन उच्च मावि चोकबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित तीन जनालाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका–८ पिपरपाती बस्ने वर्ष २८ का काशिमअली मुसलमान, वर्ष १९ का कुर्सेद मियाँ र वर्ष ३१ का तेजबहादुर कुर्मी रहेका छन् । उनीहरुको साथबाट एक ग्राम खैरो ब्राउनसुगर र नौ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
हराएको मोटरसाइकल धनीलाई
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले काठमाडौँबाट हराएको मोटरसाइकल फेला पारी बिहीबार सम्बन्धित मोटरसाइकल धनीलाई बुझाएको छ ।
कावासोती–२ स्थित प्रहरी टोलीले जाँचको क्रममा लु४४प ८९६७ नंको ३५० सिसीको बुलेट मोटरसाइकल छाडी भागेकाले शङ्का लागी नियन्त्रणमा लिएको थियो ।
विसं २०७५ माघ १ गते काठमाडौँबाट हराएको भनी महानगरीय ट्राफिक प्रहरी कार्यालय रामशाहपथ काठमाडौँमा निवेदन परेको हुँदा उक्त मोटरसाइकल काठमाडौँ महानगरपालिका–२६ ठमेल बस्ने श्रीकृष्णराज कँडेलको भएको पुष्टि भएकाले सवारी धनीलाई जिम्मा लगाई पठाइएको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । मोटरसाइकल चोरी गर्ने व्यक्तिको खोजतलास एवं अनुसन्धानकार्य जारी रहेको बताइएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
७७ वटै जिप्रकालाई गृहको पत्र, ‘रूग्ण र अलपत्र आयोजनाको विवरण पठाउनू’
बैशाख १४, २०८१ शुक्रबार
राजधानीको सुन्दरता बढाउने फूल ज्याकारान्डा ( फोटोफिचर )
बैशाख १४, २०८१ शुक्रबार
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
बैशाख १४, २०८१ शुक्रबार
अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार
बैशाख १४, २०८१ शुक्रबार
शनिदेवको पूजामा गल्तीले पनि नगर्नुहोस् यी चिजको प्रयोग
बैशाख १४, २०८१ शुक्रबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार