३१ भाद्र २०७८, बिहीबार

फिलिपिन्समा कार दुर्घटना, आठ जनाको मृत्यु

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १९:०५


एजेन्सी । मध्य फिलिपिन्सको लेटे प्रान्तमा शुक्रबार बिहान यात्रुबाहक भ्यान र सानो ट्रक जुध्दा आठ जनाको मृत्यु हुनुका साथै अरु १३ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले बाबाटगोन शहर नजिकको राजमार्गमा भएको ऊक्त दुर्घटनामा मारिने अधिकांश व्यत्ति एकै परिवारका रहेको बताएको छ ।

दुर्घटनाग्रस्त भ्यान ताक्लोबान शहरतर्फ गइरहेको थियो भने ट्रक बाबाटगोनतर्फ गइरहेको थियो । प्रत्यक्षदर्शीका अनुसार दुबै सवारीसाधन तीव्र गतिमा रहेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा