८ माघ २०७८, शनिबार

प्रधानमान्त्री ओली सवार हेलिकप्टर आकस्मिक अवतरण

प्रकाशित मिति :  ३ जेष्ठ २०७६, शुक्रबार १९:२८


केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सवार हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । लुम्बिनी जान लागेका प्रधानमन्त्री ओली मौसममा खराबी आएका कारण भरतपुरको आर्मी व्यारेकमा अवतरण भएका हुन् ।

प्रहरीका अनुसार प्रधानमन्त्री ओली आधा घण्टा व्यारेकमा रोकिएका थिए । प्रधानमन्त्री ओलीसँग ने क पाका महासचिव विष्णु पौडेल र प्रधानमन्त्री पत्नी राधिका शाक्य थिइन् । प्रधानमन्त्री ओली सो क्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालसहितका पदाधिकारीसँग भेटघाट गरेका थिए ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले प्रधानमन्त्री आर्मी ब्यारेकमा अवतरण गरेपछि निम्ता गरिएकोले आफू त्यसतर्फ गएको बताइन् । सो भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले हेलिकोप्टरबाट भरतपुर हरियाली देखेर आफूलाई खुसी लागेको बताएको मेयर दाहालले बताइन् ।

मेयर दाहालले पार्टीको काम केही कम भएपछि दुवै अध्यक्षलाई रिफ्रेसिङका लागि भरतपुर आउन निम्ता दिइन् । मौसममा सुधार आएपछि प्रधानमन्त्री ओली गन्तव्यतर्फ लागेका छन् ।

renu-dahal


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा