८ माघ २०७८, शनिबार
दुर्घटना/मृत्यु

काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ५ को मृत्यु

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार ०८:१७


[अपडेट] धादिङ । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो। मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए।

घाइतेको उद्धारका लागि नेपाली सेना, जनपथ, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले भयो भन्ने खुलेको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा