३१ भाद्र २०७८, बिहीबार
दुर्घटना/मृत्यु

अपडेटः त्रिशूली बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १४:२६


tirsuli-Accident

धादिङ । धादिङको गजुरी गाउँपालिका ६ बन्छेटारस्थित त्रिशूलीमा आइतबार बिहान बस खस्दा मृत्यु हुनेको संख्या ७ पुगेको छ । ४ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना।७ख ४३८७ नम्बरको यात्रुवाहक बस बिहान ६ बजे त्रिशूली नदीमा खसेको हो ।

घटनास्थलमै मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङकै राजन आचार्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै उपचारका क्रममा मृत्यु हुनेमा प्रकाश श्रेष्ठ, शेखर मगर र उज्ज्वल पाण्डे छन् । प्रहरीका अनुसार उनीहरुको परिचय खुले पनि ठेगाना खुलेको छैन ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट ६० मिटर तल त्रिशूलीमा खसेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा