७ आश्विन २०७८, बिहीबार
दुर्घटना/मृत्यु

[अपडेट] त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुग्यो

प्रकाशित मिति :  ५ जेष्ठ २०७६, आईतवार १९:५२


धादिङ । गजुरी ६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट आइतबार बिहान त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेको उद्धारमा खटिएका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नंबरको यात्रुबाहक बस त्रिशूली नदीमा खसेको हो ।

मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरिका ३६ वर्षीय सीता थपलिया, इलाम कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ मलेखुका ४३ वर्षीय राजन आचार्य रहेका छन् ।

मृतक आचार्य वेनीघाटको मलेखु बजारबाटै काठमाडौं जान बस चढेका थिए । अन्य मृतकमा ठेगाना नखुलेका शेखर मगर, प्रशाश श्रेष्ठ छन् । दुई जनाको भने सनाखत हुन सकेको छैन ।

यसैबिच, घाइतेहरुले चालक परिवर्तन भएको केहीबेरमै बस दुर्घटना भएको बताएका छन् । गजुरी अस्पतालमा उपचाररत एक घाइते भन्छन्, ‘चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो ।’

दुर्घटना हुनुभन्दा ८ किमि वरै गलौंदीमा डिजेल राखिएको थियो । तेल हालेपछि चालक परिवर्तन भएको थियो । काठमाडौंको मेडिसिटीमा उपचार गराइरहेका २९ जना घाइतेहरुमध्ये एक जना क्यामरुङ्गका नागरिक पनि छन् । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा