८ माघ २०७८, शनिबार

प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार ०८:१०


काठमाडौं । आगामी मनसुन प्रदेशअनुसार फरक हुने भएको छ । मुलुकको पूर्वी र मध्यभेगमा केही कमजोर रहने मनसुन पश्चिमी भू–भागमा भने औसत रहने भएको हो ।

प्रदेश १, २ र ३ का अधिकांश भू–भागसहित प्रदेश ५ को पश्चिमी भेगमा औसतभन्दा कम वर्षा हुने र अन्यत्र औसत वर्षा हुने मौसमविद्हरुको ठहर छ ।

सार्क मुलुक र म्यानमारसमेत आबद्ध दक्षिण एसियाली हावापानी दृष्टिकोण मञ्च ९सास्कोप० ले नेपालसहित दक्षिण एसियाको मनसुन भविष्यवाणी गर्दै यस्तो बताएको हो ।

नेपाल, बंगलादेश र भुटानको मनसुन मिश्रित प्रकृतिको रहने सास्कोप विज्ञको ठहर छ । तर श्रीलंका र माल्दिभ्सको पूरै, भारतको दक्षिण र उत्तरतर्फ, पाकिस्तानको उत्तरी, उत्तर अफगानिस्तान र म्यानमारको दक्षिणी भू–भागमा औसत वर्षा नाघ्ने विज्ञहरुले बताएका छन् ।

हालै काठमाडौंमा भएको सास्कोपको १४औं जमघटले नजिकिँदो मनसुनबारे यस्तो प्रक्षेपण गरेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा