११ आश्विन २०७८, सोमबार
नेपाल राष्ट्र बैंक

स्वीकृति लिएका प्रणालीमा बाहेक भुक्तानी नगर्न आग्रह: राष्ट्र बैंक

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार ०८:१७


काठमाडौं । नेपाल राष्ट्र बैंकले आधिकारिक रूपमा स्वीकृति पाएका भुक्तानी प्रणालीबाहेक अन्य कुनै पनि प्रणालीबाट भुक्तानी नगर्न र नगराउन आग्रह गरेको छ ।

बैंकका कामु कार्यकारी निर्देशक सिरता भट्ट अधिकारीका अनुसार विदेशी पेमेण्ट सिस्टमसँग आबद्ध भएको क्यूआर कोड, पोओएस मेशिन वा अन्य भुक्तानी प्रणाली प्रयोग गर्दा आधिकारिक रूपमा स्वीकृति लिएको हो वा होइन भन्ने स्पष्ट हुन आग्रह गरिएको छ ।

केन्द्रीय बैंकको स्वीकृति बिना कसैले अनाधिकृत रूपमा कारोवार गरेमा त्यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कानूनअनुसार कारवाही हुने जनाइएको छ ।

६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिने

यस्तै नेपाल राष्ट्र बैंकले मंगलबार ६ अर्ब रुपैयाँ बराबरको ‘विकास ऋणपत्र २०८७ ख’ बिक्री गर्ने भएको छ । बोलकबोलको प्रक्रियाबाट ऋणपत्र बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंकिङ, बीमा समिति, सङ्गठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् । ऋणपत्रको अर्धवाार्षिक रूपमा ब्याज भुक्तानी हुनेछ भने ब्याजमा आयकर लाग्ने छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा