८ आश्विन २०७८, शुक्रबार

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाको माग

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार १७:०६


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभए संसदको कामकारवाही अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै राजपाका सांसदहरु उठेर विरोध गर्दे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे । राजपा सांसद महेन्द्र राय यादवले सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले मधेस आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक सभामुखबाट रुलिङ हुदा पनि सार्वजनिक नभएको भन्दै आपत्ती जनाए ।

उनले अव पनि आफुहरुको माग पुरा नभए सदनको कारवाही नै अवरुद्ध पार्ने चेतावनी दिए । त्यस्तै उनले संविधान संसोधनका बिषयमा आफुहरुले राखेको माग पनि पुरा नभएको भन्दै छिटो भन्दा छिटो संविधान संसोधनको प्रक्रिया अघि बढाउन माग गरे ।

उनले संविधान संशोधनका बिषयमा सरकारबाट स्पष्ट धारणा आउनुपर्ने बताए । बैठकमा सभामुख कृष्ण वहादुर महराले राजपाले उठाएको मागका बारेमा उचि सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा