८ आश्विन २०७८, शुक्रबार

ढकाल थाइल्याण्डका लागि आवासीय राजदूत नियुक्त

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार २२:३१


काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाल थाइल्याण्डका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा २८२ बमोजिम उनलाई मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

गत पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले थाइल्याण्डसँगै विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता