३१ भाद्र २०७८, बिहीबार

किन देउवा सिंगापुर जाँदै छन्, कारण यस्तो छ !

प्रकाशित मिति :  ८ जेष्ठ २०७६, बुधबार १४:५१


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर जाँदैछन् । बुधबार साँझ स्वास्थ्य उपचारको लागि देउवा सिंगापुर जान लागेका हुन् ।

सिंगापुर जानु अघि सभापति देउवाले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र सह महामन्त्री डा प्रकाश शरण महतलाई देउवा निवास बुढानीलकण्ठमा बोलाएर यस विषयमा जानकारी दिएका थिए ।

यही जेठ १५ गते मुलुकमा आगामी आर्थिक वर्षको बजेट ल्याईँदै छ । स्वास्थ्योपचार गरेर सभापति देउवा सिंगापुरबाट १३ गते साँझ फर्किने नेपाली कांग्रेसले जनाएको छ ।

पार्टीको तर्फबाट राष्ट्रिय जागरण अभियान मध्य भागमा चलिरहेको र छायाँ सरकार गठन गरेको दुई दिनपछि नै सभापति देउवा सिंगापुर जानुलाई विभिन्न शंका उपशंकाको दृष्टिले हेरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा