lic-nepal-kumar
Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिको अध्यक्षमा एम.आर. कुमार नियुक्त भएका छन् । कम्पनी संचालक समितिको बैठकले गत जेठ २ गतेबाट लागू हुने संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष एम.आर. कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने नियम अनुरूप एमआर नेपालको लागि अध्यक्षमा नियुक्त भएका हुन् ।

अध्यक्ष एम.आरसंग ३६ बर्षभन्दा बढी लामो जीवन बीमा क्षेत्रको अनुभव छ । उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृत स्तरबाट सेवा शुरू गरेका थिए । यस अघि हेमन्त भार्गव संचालक समितिको अध्यक्ष थिए ।

Advertisement
Advertisement