पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार १७:१६:२१
एजेन्सी । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।
विभागका अनुसार करिब दुई लाख ३२ हजार हेक्टरको खेतीमा नोक्सानी पुगेको तथा १३ हजार हेक्टरको बालीनाली पूर्णरुपमा नष्ट भएको छ ।
यस प्रान्तमा केही महिनादेखि वर्षा नभएको र तापक्रम निकै उच्च भएको छ । अति गर्मीका कारण झिसुआङबान्नामा विद्यालयहरु पनि बन्द गरिएको छ । स्थानीय सरकारहरुले बढ्दो तापक्रमलाई ध्यानमा राखेर नागरिकलाई स्वास्थ्य समेतका विषयमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
सुख्खासँग जुध्न प्रान्तीय सरकारले १७६ वटा पानी ट्याँकर पठाएको छ । यी ट्याँकरको पानी खेतीबालीका लागि प्रयोग गरिने सरकारले जनाएको छ ।
खानेपानीको अभाव समेत झेलिरहेका करिब ३० हजार मानिसका लागि यी ट्याँकरबाट पछिल्लो समय झण्डै पाँच हजार ६४३ टन पानी वितरण गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपउत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार
पर्याप्त बजेट नहुँदा सेती लोकमार्ग निर्माणमा ढिलाइ
बैशाख १४, २०८१ शुक्रबार
सालझण्डी–ढोरपाटन सडकमा ढिलासुस्ती
बैशाख १४, २०८१ शुक्रबार
भाग्यले ठगेको दिन सम्झन चाहन्नन् ऋषि !
बैशाख १४, २०८१ शुक्रबार
पौन २ केजी सुन र डेढ करोड रकमसहित ५ जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
गत वर्षदेखि हराएका सहसचिव कमलराज गैरे बर्खास्त
बैशाख १४, २०८१ शुक्रबार
उत्तर कोरियाली नेता किमद्वारा मल्टिपल रकेट लन्चरको परीक्षण निरीक्षण
बैशाख १४, २०८१ शुक्रबार