३१ भाद्र २०७८, बिहीबार
वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच सम्झौता

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १४:३८


City-RBB

काठमाडाैँ । राष्ट्रिय वाणिज्य बैंक र सिटी एक्सप्रेस मनि ट्रान्सफर बिच रेमिटेन्स सेवा सम्झौता भएको छ । सम्झौता संगै बैंकले रेमिटेन्स सेवा समेत सुरु गरेको छ । सम्झौता पश्चात् सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट आउने सम्पूर्ण विदेशी तथा स्वदेशी रेमिटान्स, राष्ट्रिय बाणिज्य बैंकको सम्पूर्ण शाखाबाट सहज रुपले ग्राहकहरुले प्राप्त गर्न सक्नुहुनेछ ।

यस सम्झौता मार्फत सम्पूर्ण देश तथा विदेशमा रहेभएका ग्राहकवर्गहरुले सहज र सुलभ तरिकाले रेमिटान्स कारोबार गर्न सकिने बिश्वास लिइएको छ ।

एक कार्यक्रमका बिच राष्ट्रिय वाणिज्य बैंक को तर्फबाट कोष (ट्र्ेजरी) प्रमुख सरस्वती अधिकारी र सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टन्डनले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ भने राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफाआर्जन गर्ने बैंक हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा