८ आश्विन २०७८, शुक्रबार

फेब्रुअरीमा लिबियामा २० जना सर्वसाधारण मारिए : राष्ट्रसंघ

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १४:५०


एजेन्सी । लिबियामा भडकिएको हिंसाका कारण फेब्रुअरी र मार्च महिनामा मात्र २० जना सर्वसाधारण नागरिकको ज्यान गएको र अरु ६९ जना घाइते भएको राष्ट्रसंघले जनाएको छ ।

लिबियाका लागि राष्ट्रसंघीय सहयोग मिसन ‘अन्समिल’ का अनुसार हिंसाका कारण १२ जना पुरुष, चार जना महिला र चार जना बालबालिकाको ज्यान गएको छ । घाइते हुनेमा अधिकांश पुरुष छन् ।

अन्समिलका अनुसार बम हमला, गोली हानाहान र जथाभाबी फालिएका बिस्फोटक पदार्थको बिस्फोटनबाट मानवीय क्षति भएको छ ।

अन्समिलले परस्पर युद्धरत पक्षहरुलाई नागरिक बसोबास क्षेत्रहरुमा बमबारी नगर्न आग्रह गरेको छ । अन्समिलले भनेको छ, यस्ता आक्रमणलाई युद्ध अपराधका रुपमा लिन सकिने छ र त्यसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा मुद्दा चलाउन सकिनेछ ।

सन् २०११ मा लिबियाका नेता मउमार गद्दाफी पदच्यूत भएदेखि लिबियामा हिंसा र अस्थिरता रोकिएको छैन । साथै राजनीतिक खिचातानी र विभाजनले हिंसात्मक भिडन्तलाई प्रश्रय दिइरहेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा