शेयर बजारमा पाँच अंककाे पहिराे, हाइड्रोका शेयरधनी ‘ठन्डा’
इन्द्र रिजाल
जेठ ९, २०७६ बिहिबार २२:१:३६
काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको कारोवार मापन गर्ने नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव शून्य आठ विन्दुले घटेर एक हजार ३१४ दशमलव ५५ अङ्कमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८९ विन्दुले घटेर २८० दशमलव ३८ अङ्कमा झरेको छ ।
कूल १७० कम्पनीको २९ लाख ४३ हजार ३०४ कित्ता शेयर रु ९३ करोड २६ लाख ४४ हजार ८८७ मूल्यमा खरीद बिक्री भए । आज कारोवार भएका कूल १२ उपसमूहमध्ये पाँच उपसमूहको शेयर वृद्धि भएको छ भने सात उपसमूहको शेयर भने ओरालो लागेको छ । होटल ३५ दशमलव ८३, निर्जीवन बीमा ३ दशमलव ७१, अन्य शून्य दशमलव ९२, लघुवित्त एक दशमलव ७० र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ ।
यस्तै बैंकिङ शून्य दशमलव ९५, व्यापार शून्य दशमलव शून्य आठ, विकास बैंक नौ दशमलव २०, जलविद्युत् ६४ दशमलव ७८, वित्त ७ दशमलव शून्य पाँच, उत्पादन शून्य दशमलव पाँच र जीवन बीमा ४४ दशमलव ५३ अङ्कले घटेको छ । स्टकका अनुसार माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको रु १५ करोड ५९ लाख ६४ हजार ८४८, हिमालयन डिस्टिलरी रु सात करोड तीन लाख ३४ हजार २३०, नेपाल बैंक लिमिटेड रु छ करोड १४ लाख ७१ हजार ९९५, कृषि विकास बैंक रु चार करोड १० लाख ३२ हजार २७, शिवम् सिमेन्ट रु तीन करोड ९७ लाख ९२ हजार ९२६ र जनता बैंकको रु दुई करोड ९३ लाख ६० हजार ४०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ९ दशमलव ९५ प्रतिशतले कमाए । यस्तै मल्टीपर्पोज फाइनान्स कम्पनी ९ दशमलव ६३, सिभिल लघुवित्त वित्तीय संस्था ४ दशमलव ९३, समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलव ४५ प्रतिशतले कमाए ।
यस्तै आजदेखि कारोवार शुरु भएको हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले ९ दशमलव ७२, केहि दिनदेखि चिम्कएकाे हाइड्रोकाे शेयर आज घट्न पुग्दा शयरधनीहरू डन्डा भए । हिमालयन पावर पार्टनर ९ दशमलव ७०, घलेम्दी हाइड्रो पावर ८ दशमलव ५७, युनाइटेड मोदी ८ दशमलव ५२ र श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका शेयरधनीले ७ दशमलव ६९ प्रतिशतले गुमाएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
नेप्से सामान्य अंकले बढ्यो, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १२, २०८१ बुधबार
नेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता हुने
बैशाख १४, २०८१ शुक्रबार