८ आश्विन २०७८, शुक्रबार
फूटबल

सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट सुरु

प्रकाशित मिति :  ९ जेष्ठ २०७६, बिहीबार १९:०४


काठमाडौं । सडक बालबालिकाको फुटबल फेस्टिभल शुक्रबारबाट सुरु हुने भएको छ ।  आयोजक सेल्टर आश्रय नेपालले बिहिबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको फेस्टिभल शुक्रबार सुरुबाट हुने जनाएको हो ।

चार दिने फेस्टिभल मंगलबारसम्म चल्नेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) र एएफसीको सहयोगमा हुने फेस्टिभलमा सडक बालबालिकाको क्षेत्रमा काम गरिरहेका १६ टोलीको सहभागिता रहने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीले जानकारी दिए ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने फेस्टिभलमा पुरुषतर्फ १० र महिलातर्फ ६ टोलीको सहभागिता रहनेछ । सहभागी दुवै टोलीलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराईने छ । खेल ३० मिनेटको हुनेछ ।

महिलातर्फ सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइट हाउस फाउन्डेसन र सांग्रिला नेपालले सहभागिता जनाउने छन् ।

यस्तै पुरुषतर्फ सेल्टर आश्रय, सेल्फ हेल्प नेपाल, थ्री एन्जल्स पोखरा, नेपाल चिल्ड्रेन अर्गनाइजेसन, आशा बालगृह चितवन, लाइट हाउस फाउन्डेसन, साथी चिल्ड्रेन, पुलिस पब्लिक क्याम्पेन,खुसि नेपाल र सांग्रिला नेपाल रहेका छन् ।

फेस्टिभलको विजेता पुरुष र महिला टिमले मलेसियाको भ्रमण गर्नेछन् । जहाँ मलेसियाको यू-१७ टिमसंग मैत्रीपूर्ण खेल र अभ्यास खेलहरु खेल्ने छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा