सूर्यविनायकद्वारा ३७ कानून निर्माण, लक्ष्यभन्दा ३२७ प्रतिशत राजश्व वृद्धि
इन्द्र रिजाल
जेठ १०, २०७६ शुक्रबार २३:४१:३३
काठमाडौं । सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानूनको निर्माण गरेको जनाएको छ । सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिले पद बहाली गरेको आज दुई वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ वटा नयाँ कानून निर्माण भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।
कार्यक्रममा नगरपालिकाले चालू आव ०७५/७६ को १० महीनामा भौतिक विकासतर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको उनले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि चालू खर्चतर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ रु ३७ करोड ४५ लाख २७ हजार गरी कूल रु ७६ करोड ४५ लाख २७ हजारको वार्षिक बजेट स्वीकृत गरिएकामा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ ७९ प्रतिशत र पूँजीगततर्फ ७१ प्रतिशत रकम खर्च भएको रकम रहेको नगर प्रमुख थापाले जानकारी दिए ।
आव ०७५/७६ मा रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा गत वैशाख मसान्सम्म रु ३९ करोड ५४ लाख ८९ हजार ९५७ राजश्व सङ्कलन गरेको उनको भनाइ थियो । उनका अनुसार नगरपालिकाले १० महीनाको अवधिमा ३२७ प्रतिशत आन्तरिक राजश्व वृद्धि गरेको छ ।
गत वैशाख मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु २८ करोड, ३५ लाख, १४ हजार ९५७, सङ्घको राजश्व बाँडफाँटमा रु नौ करोड १४ लाख ६५ हजार, प्रदेशको राजश्वतर्फ रु दुई करोड, नगद लागत साझेदारी रकम रु दुई करोड पाँच लाख, सामाजिक सुरक्षा भत्तावापत रु चार करोड ८६ लाख, सङ्घको समानीकरण अनुदान रु १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, सङ्घको सशर्त अनुदान रु १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु पाँच करोड ८५ लाख, सडक बोर्डको रकम रु २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड पाँच लाख र अन्य आय रु एक करोड ५७ लाख गरी जम्मा रु ९१ करोड ७७ लाख ३५ हजार ७०७ नगरपालिकाको आम्दानी भएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा वडा गतरुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ११३ वटा योजना हालसम्म सम्पन्न भइसकेको छ । बाँकी २३ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ वटा योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपत्यकाको सडक विस्तारमा योगदान पु¥याउँदै आएको उपत्यका विकास प्राधिकरण खारेज गर्न नहुने बताए। उनले भक्तपुरमा सबै केबुल तार अण्डरग्राउण्ड गर्न रु १० अर्ब लागत लाग्नेमा हाल रु डेढ अर्ब रकम विनियोजन गर्न सफल भएको बताउँदै उनले अरनिको राजमार्गलाई हरियाली बनाउने अभियान र डोलेश्वर एवं अनन्तलिङ्गेश्वरमा हरियाली पार्क बनाउने कार्यको शुरुआत हुन लागेको बताए ।
सांसद बस्नेतले युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा लैजान रु दुई करोड ५० लाख, हनुमन्ते करिडोर आगामी वर्ष निर्माण सम्पन्न गर्नेगरी थप रु एक अर्ब ५० करोड, मनोहरा करिडोर बहुवर्षीय आयोजनामा पार्न सफल भएको बताए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, पत्रकार सोम शर्मा बजगाईं लगायतले देशकै नमूना नगरपालिकाका रुपमा सूर्यविनायक नगरपालिकाको काम गरिरहेको बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबागलुङमा डढेलो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते
बैशाख १४, २०८१ शुक्रबार
विकराल बन्दै डढेलो
बैशाख १४, २०८१ शुक्रबार
महोत्तरीका अग्निपीडितलाई राहत सामग्री जुटाइँदै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार