८ आश्विन २०७८, शुक्रबार

एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आर्मी विजयी

प्रकाशित मिति :  १० जेष्ठ २०७६, शुक्रबार २०:०९


काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको २७९ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले ३१ ओभर ४ बलमा अलआउट हुँदै १०७ रन मात्र बनाउन सक्यो ।

प्रदेश २ का लागि हरी शंकर साहले सर्वाधिक २१ रन बनाए । यस्तै संसद शेखले १६, सुधीर चौधरीले १५ रन जोड्दा राशिद खानले १४ रन बनाए । प्रदेश २ लाई सस्तैमा समेट्न आर्मीका साहब आलमले ४ विकेट हात पारे । यस्तै जितेन्द्र मुखिया र सुसन भारीले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७८ रन बनाएको थियो ।आर्मीका लागि राजु रिजाल र कप्तान बिनोद भण्डारीले अर्धशतकीय इनिङ्स खेले ।

त्यस्तै आर्मीका रोहित कुमार पौडेलले ४७ रन जोड्दा हरि चौहानले २६ रन बनाए । सुशन भारी १२ रनमा अविजित रहे । प्रदेश २ का हरिशंकर साहले ३ विकेट लिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता