३१ भाद्र २०७८, बिहीबार

गुजरात आगलागीमा मृत्यु हुनेको संख्या १९ पुग्यो

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार ०८:२३


[अपडेट] एजेन्सी । गुजरातको सूरतस्थित एक कोचिङ सेन्टरमा शुक्रबार भीषण आगलागी हुँदा मृत्यु हुने विद्यार्थीको संख्या १९ पुगेको छ ।

आगलागीको कारण खुल्न नसकेपनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत चुहावट भएर आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट ज्यान बचाउन विद्यार्थीहरु भवन माथिबार्टै हामफालेका थिए।

सुरतका प्रहरी अधिकारी सतीश कुमार मिश्राले घटनामा १५ विद्यार्थीको मृत्यु भएको पुष्टि गरे। उनले मर्नेको सख्या अझै बढ्न सक्ने समेत बताएका छन्।

दुइ दर्जन भन्दाबढी घाइतेहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ। आगोलाइ नियन्त्रणमा लिनका लागि १८ भन्दा बढी दमकलको प्रयोग गरिएको थियो ।

यसैबीच,प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट मार्फत सो घटनाप्रति दुख व्यक्त गरेका छन्। उनले मृतकका आफन्तजनप्रति समवेदना व्यक्त गर्दै, घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना समेत गरेका छन्। साथै उनले आगालागी पीडितलाई आवश्यक सबै किसिमको सहयोग गर्न गुजरात सरकारको स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

यसैबीच, गुजरातका मुख्यमन्त्री विजय रुपाणीले सो घटनाको अनुसन्धान गर्न आदेश दिएका छन्। उनले मृतकका परिवारलाई राहत स्वरुप चार लाख दिने घोषणा समेत गरे।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा