७ आश्विन २०७८, बिहीबार

पोर्नपेट्च थाइल्याण्डको नयाँ सभामुख

प्रकाशित मिति :  ११ जेष्ठ २०७६, शनिबार १७:४९


Parliament of thiland

काठमाडौं । थाइल्याण्डको राष्ट्रिय सभाका पूर्व अध्यक्ष पोर्नपेट्च विचिट्चोल्चाइ प्रतिनिधि सभाको सभामुखमा मनोनित भएका छन् ।

शुक्रबार भएको निर्वाचनमा सिनेटरहरुले उनलाई मतदान गरेर निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उपसभामुखको रुपमा भने सिङ्सुक सिङफ्राइ र निर्वाचन आयोगका पूर्व अध्यक्ष सुपाचै सोम्चारोन निर्वाचित भएको जनाइएको छ ।

गत मार्च २४ तारिखका दिन भएको निर्वाचनपछि गठित संसदको सुभारम्भ समारोहको अध्यक्षता भने शुक्रबार थाईल्याण्डका राजा र रानीले गरेका थिए ।

सुभारम्भ समारोहमा कुन ४९८ जना सांसद, २५० जना सिनेटरसँगै प्रधानमन्त्री प्रयुत चान ओच, मन्त्रीहरु, विभिन्न स्वतन्त्र निकायका अधिकारीहरुलगायत सहभागी भएका थिए । एजेन्सीकाे सहयाेगमा


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा