११ आश्विन २०७८, सोमबार
समाज

आज पूर्वी, मध्य र पश्चिममा मेघ गर्जनसहित वर्षा हुने सम्भावना !

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार ०७:४४


काठमाडौं । देशको पूर्वी क्षेत्र तथा मध्य र पश्चिमका पहाडी क्षेत्रको मौसम आइतबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रको मौसम भने सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पूर्वका केही ठाउँमा र मध्य र पश्चिमका एक वा दुई ठाउँमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । बेलुकातिर केही क्षेत्रमा हुरी बतास चल्ने सम्भावना पनि छ ।

यस्तै आइतबार राति देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने जनाइएको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । घाम चर्किने भएकाले गर्मी बढ्ने मौसमविदको भनाई छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा