३१ भाद्र २०७८, बिहीबार
बजार/ब्राण्ड

आकासियो तरकारीको भाउ, सबैभन्दा महङ्गो गोलभेडा [मुल्य सुचिसहित]

प्रकाशित मिति :  १२ जेष्ठ २०७६, आईतवार ०८:०५


काठमाडौं । के तपाईलाई थाहा छ ? बजारमा यतिबेला तरकारीको भाउ आकासिएको छ । जेठ महिना सुरु भएसँगै बजारमा तरकारीको भाउ अत्याधिक बढेको हो ।

महँगीको सबैभन्दा धेरै प्रभाव गोलभेडामा परेको छ । मनसुन सुरु भएसँगै बढ्ने तरकारीको भाउ यस वर्ष जेठको पहिलो सातोदेखि नै बढेको हो ।

झापाको बिर्तामोडमा रहेको प्रदेश –१ कै ठूलो कृषिथोक बजारमा गोलभेडा प्रतिकेजी ८० रुपैयाँ ‘खुद्रा’ बिक्री हुँदै आएको छ । गतवर्ष गोलभेडाले बिक्री नभएपछि कृषकले राजमार्गमा फ्याँकेका थिए ।

गतवर्ष बिक्री नभएपछि किसानले गोलभेडा खेती घटाएको बताइएको छ तर अहिले भने भाउ आकासिएको छ । उत्पादन कम भएका कारण यस वर्ष मंहगीको सबैभन्दा प्रभाव गोलभेडामा परेको देखिन्छ ।

यता काठमाडौंमा रहेको कालीमाटी तरकारी तथा फलफुलको आइतबारको थोक मुल्य कस्तो छ हेनुर््स विवरणसहित निम्न रहेको छ ।

दैनिक थोक मूल्य विवरण
जेठ  १२, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो के.जी. ६५ ७० ६८
गोलभेडा सानो के.जी. ६५ ७५ ७०
अालु रातो के.जी. २८ ३० २९
अालु सेतो के.जी. २० २५ २२
प्याज सुकेको के.जी. २५ २७ २६
गाजर के.जी. ४५ ५० ४८
बन्दा के.जी. १५ २० १८
काउली स्थानिय के.जी. ६५ ७० ६८
मूला सेतो के.जी. ३५ ४२ ३९
भन्टा लाम्चो के.जी. ४५ ५० ४८
भन्टा डल्लो के.जी. ४५ ५० ४८
बोडी के.जी. ४५ ५० ४८
मटरकोशा के.जी. ६० ७० ६५
घिउ सिमी के.जी. ४५ ५५ ५०
तितो करेला के.जी. ४० ५० ४५
लौका के.जी. ३५ ४० ३८
परवर के.जी. ४५ ५० ४८
चिचिण्डो के.जी. ४५ ५० ४८
घिरौला के.जी. ४० ४५ ४२
फर्सी पाकेको के.जी. ३५ ४० ३८
फर्सी हरियो के.जी. ३५ ४० ३८
भिण्डी के.जी. ४५ ५० ४८
रायो साग के.जी. ६० ७० ६५
पालूगो साग के.जी. ५० ६० ५५
चमसूरको साग के.जी. ५० ६० ५५
तोरीको साग के.जी. ४० ५० ४५
मेथीको साग के.जी. ५० ६० ५५
प्याज हरियो के.जी. ७५ ८० ७८
च्याउ के.जी. १७० १८० १७५
न्यूरो के.जी. १२० १३० १२५
ब्रोकाउली के.जी. ९० १०० ९५
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. १८० २०० १९०
पार्सले के.जी. १८० २०० १९०
सौफको साग के.जी. ५० ६० ५५
पुदीना के.जी. ११० १२० ११५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २८० ३०० २९०
स्याउ के.जी. १५० १६० १५५
केरा दर्जन ९० १०० ९५
कागती के.जी. २८० ३०० २९०
अनार के.जी. १४० १५० १४५
आँप के.जी. ११० १२० ११५
अंगुर के.जी. १८० २०० १९०
तरबुजा के.जी. ३० ४० ३५
मौसम के.जी. १२० १३० १२५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो के.जी. ४० ५० ४५
रुख कटहर के.जी. ४० ४५ ४३
मेवा के.जी. ७० ८० ७५
लीच्ची के.जी. १५० १८० १६५
अदुवा के.जी. २०० २२० २१०
खु्र्सानी सुकेको के.जी. २४० २५० २४५
खु्र्सानी हरियो के.जी. १२० १३० १२५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १०० ११० १०५
हरियो धनिया के.जी. १८० २०० १९०
लसुन सुकेको चाइनिज के.जी. १७० १८० १७५
लसुन सुकेको नेपाली के.जी. १२० १३० १२५
माछा ताजा के.जी. २५० २५५ २५३


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा