८ आश्विन २०७८, शुक्रबार
खोज / विशेष

अर्थमन्त्री खतीवडाद्धारा संसदमा आर्थिक सर्वेक्षण पेश [यस्तो छ पूर्णपाठ]

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार १५:२३


एमसीसी संसदबाट अनुमोदन भएपछि मात्र कार्यान्वयन हुन्छ ः अर्थमन्त्री

काठमाडौं । अर्थ मन्त्री डा. युवराज खतिवडाले संसदमा सोमबार आर्थिक वर्ष २०७५–०७६ को आर्थिक सर्वेक्षण पेश गरेका छन् । उनले चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेको बताएका छन् ।

राजनीतिक स्थायित्व, लगानीको वातावरणमा आएको सुधार, विद्युत आपूर्ति नियमित तथा स्थानीय तहबाट पनि विकासका गतिविधि बढेका कारण अर्थतन्त्र उच्च आर्थिक वृद्धि तर्फ उन्मुख भएको अर्थमन्त्री डा। खतिवडाले बताए । चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धिदर रहने अनुमान छ ।

फागुनसम्मको औसत मुद्रास्फीति दर ४.२ प्रतिशत रहेको छ । आर्थिक क्रियाकलापमा भएको बिस्तारका कारण प्रतिव्यक्ति आय बढेको दाबी अर्थमन्त्री डा। खतिवडाले बनाएका छन् । यो आर्थिक वर्षमा प्रतिव्यक्ति आय वर्षको एक लाख १७ हजार पुग्ने बताइएको छ । यस्तै निरपेक्ष गरिबीको रेखामुनि रहेकाको संख्या १८.७ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षमा कुल लगानी २९ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको र कुल गार्हस्थ्य बचत वृद्धि भन्दा कुल पूँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीबिचको अन्तर बढ्दै गएको जनाइएको छ ।

गएको फागुनसम्ममा कुल सरकारी खर्च आर्थिक वर्ष २०७४–०७५ को सोही अवधिको तुलनामा २.२ प्रतिशतले वृद्धि भइ पाँच खर्ब ४१ अर्ब पुगेको जनाइएको छ । यस्तै यो आर्थिक वर्षमा वित्तीय क्षेत्र स्थायित्वका सूचकहरु सबल रहेको पनि अर्थ मन्त्री डा. खतिवडाले बताएका छन् ।

यस्तो छ पूर्णपाठ

 


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा



तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता