७ आश्विन २०७८, बिहीबार

शङ्कास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार २३:०२


काठमाडौं । नेपाल प्रहरीले देशभरका विभिन्न स्थानबाट शङ्कास्पद गतिविधिमा संलग्न १५ जनालाई पक्राउ गरेको छ ।

‘विप्लव समूह’ले गरेको नेपाल बन्दका क्रममा शंकास्पद गतिविधिमा संलग्न उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार काठमाडौँबाट सात, ललितपुरबाट चार, सुर्खेतबाट दुई तथा रुकुमपश्चिम र झापाबाट एक÷एक जनालाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए ।

नेपाल बन्दका क्रममा देशभरका विभिन्न स्थानमा सवारी साधनमा आगजनी गरिएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार मकवानपुरमा दुई तथा सुर्खेत, नवलपरासी पूर्व, कालिकोट र रामेछापमा एक÷एक सवारी साधनमा आगजनी गरिएको छ । आगजनी गर्ने व्यक्तिको खोजी भइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा