८ आश्विन २०७८, शुक्रबार
राजनीति

विश्वप्रकाशको प्रश्न : बादल गृहमन्त्री हुन कि ? विप्लवका प्रचारक !

प्रकाशित मिति :  १३ जेष्ठ २०७६, सोमबार २३:२७


स्थिर सरकार छ, निराश हुनु पर्दैन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृहमन्त्री रामबहादुर थापा बादलमाथि प्रश्‍न उठाएका छन् । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रश्‍न गरे, ‘प्रधानमन्त्री ज्यू ! बादल तपाईंका गृहमन्त्री हुन कि विप्लवका प्रचारक  ?’

प्रवक्ता शर्माले प्रधानमन्त्री कपी शर्मा ओलीलाई यस विषयमा गम्भीर हुन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै उनले भने, ‘आज बालुवाटरमा सुत्नु अघि एकपटक सोच्नुस् विप्लव र बादल कुनै बेला काँधमा-काँध जोडेर हिँडेका हुन् । विप्लवहरुको रगत चढाएर लोकतन्त्र बलियो हुँदैन ।’

प्रेस स्वतन्त्रता कसैको कृपाले प्राप्त नभएको भन्दै प्रवक्ता शर्माले यसका लागि पत्रकारले रगत बगाएका बताए । उनले भने, ‘सरकारले प्रेस स्वतन्त्रता कुण्ठित नगरोस । नेकपामा यतिबेला शास्त्रीय भडकाउ छ । त्यसैले उ निरंकुशतातर्फ उन्मुख भएको हो । हरेक क्षेत्रमा नियन्त्रण गर्न खोजिरहेको छ । जुन नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा