८ आश्विन २०७८, शुक्रबार
खोज / विशेष

नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्ने अनुमान

प्रकाशित मिति :  १४ जेष्ठ २०७६, मंगलवार ०६:३०


एमसीसी संसदबाट अनुमोदन भएपछि मात्र कार्यान्वयन हुन्छ ः अर्थमन्त्री

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५र७६ को अन्त्यसम्ममा नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार ४५५ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

अर्थमन्त्री डा.युवराज खतिवडाले सोमबार संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर पुग्ने बताएका हुन् । साथै, आर्थिक सर्वेक्षण प्रतिवेदनमा प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

यता, चालु आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादनसँग उपभोगको र कुल गार्हस्थ्य बचतको अनुपात क्रमाशः ७९.५५ र २०।५५ पुगेको जनाएको छ । यस्तै, चालु आर्थिक वर्ष कुल लगानी २९.० प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब हुने अनुमान गरिएको छ । प्रतिवेदनमा कुल गार्हस्थ्य बचतको वृद्धि भन्दा कुल पुँजी लगानीको वृद्धि उच्च रहँदा बचत र लगानीबीचको अन्तर बढ्दै गएको पनि उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७५र७६ को फागुनसम्म कुल सरकारी खर्च आर्थिक वर्ष २०७४र७५ को सोही अवधिको तुलनामा २।२५ ले वृद्धि भई ५ खर्ब ४१ अर्ब पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा