गण्डकीमा तीन दिवसीय कार्यक्रमसहित गणतन्त्र दिवस मनाइने
इन्द्र रिजाल
जेठ १४, २०७६ मंगलबार १६:५७:४९
कास्की । गण्डकी प्रदेश सरकारले तीन दिनसम्म विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस २०७६ मनाउने भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा प्रदेशमा गठन गरिएको मूल समारोह समितिले जेठ १४, १५ र १६ गते तीन दिन गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जसअनुसार जेठ १४ गते आज पोखरा महानगरपालिका र सुरक्षा निकायको आयोजनामा बिहान शहीदचोकदेखि मुस्ताङचोकसम्म सरसफाइ गर्ने र त्यसपछि प्रदेश सरकारमातहतका सम्पूर्ण विषयगत मन्त्रालय र कार्यालयको परिसरभित्र सरसफाइ र वृक्षरोपण गर्ने तय गरिएको छ । वृक्षरोपणका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिरुवा उपलब्ध गराउने भएको छ ।
त्यसैगरी गणतन्त्र घोषणा भएको जेठ १५ गतेका दिन आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा सिर्जनाचोकबाट प्रभातफेरी, शहीदचोकमा शहीदको सालिकमा पुष्पगुच्छा अर्पण तथा त्यसपछि जिल्ला समन्वय समितिको सभाहलमा मुख्यमन्त्रीबाट पुरस्कार वितरण तथा सम्बोधनको कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले जानकारी दिए ।
उनका अनुसार जेठ १६ गते बिहान आन्तरिक मामिला मन्त्रालयको आयोजनामा जिल्ला कारागारमा खेलकूद सामग्री वितरण गर्ने, सामाजिक मन्त्रालयको आयोजनामा सोही दिन बिहान पोखरा महानगरपालिका–१७ स्थित मानवसेवा आश्रम र पोखरा वृद्धाश्रममा फलफूल वितरण तथा स्वास्थ्य जाँच गर्ने र मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजनामा पोखरा–१८ स्थित बाल सुधारगृहका बालकका लागि खेलकूद सामग्री वितरण गर्ने कार्यक्रम तय गरिएको छ ।
समितिले तीनै दिन साँझ सरकारी कार्यालय तथा सार्वजनिक संस्थानमा दीपावली गर्नेसमेत निर्णय गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
मधेशमा जसपा धरापमा, एमाले नेतृत्वमा नयाँ सरकार बन्ने
बैशाख ३०, २०८१ आइतबार
उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार
सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
बैशाख ३०, २०८१ आइतबार