गणतन्त्र दिवसमा विद्यार्थीलाई कलम वितरण
इन्द्र रिजाल
जेठ १५, २०७६ बुधबार १९:२८:८
स्याङ्जा । चापाकोट स्वतन्त्र विद्यार्थी युनियनले गणतन्त्र दिवसको अवसर पारेर विद्यार्थीलाई कलम वितरण गर्नुका साथै शुभकामना आदानप्रदान गरेको छ ।
गणतन्त्रलाई मजबुद बनाउन बन्दुक बोकेर होईन कलम बोकेर हिडेमात्रै गणतन्त्रको संस्थागत विकास हुन्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई कलम वितरण गरिएको हो । विद्यार्थी राजनीतिबाटै बन्दुक भन्दा कलम बोक्न सिकाउनु पर्ने भन्दै चापाकोट स्ववियूले विद्यार्थीलाई कलम प्रदान गरेर रचनात्मक काम गरेको छ ।
विभिन्न कालखण्डमा गरिएको आन्दोलनबाट धेरै शहिद गुमाएको स्मरण गर्दै स्ववियू सभापति सविनचन्द्र डोटेलले अब आन्दोलन गर्न नपर्ने गरी गणतन्त्रलाई संस्थागत बनाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गरे । विद्यार्थी जीवनबाटै सकारात्मक सोचाई राख्ने अभियानको थालनी गर्नुपर्छ, सभापति डोटेलले भने,“राजनीतिमा सकरात्मक सोचाई नभएकै कारण मुलुकले मुहार फेर्न सकेन । त्यसैले अब बन्दुक होईन कलम उठाएर देश विकासमा लाग्नुपर्छ ।”
गणतन्त्र दिवसको अबसरमा विद्यार्थीलाई कलम वितरण गरेर सकरात्मक काम गरेको प्रति क्याम्पसका पुर्व क्याम्पस प्रमुख खेमराज भट्टराईले स्ववियुलाई धन्यवाद दिए । राजनीति नेतृत्व र अन्य क्याम्पसले पनि यस्तै शिक्षा अनुसरण गर्नुपर्छ भन्दै भट्टराईले जगबाट नै राम्रा कुराको थालनी भएमा घर बलियो हुने तर्क व्यक्त गरे । पञ्चायत र राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा जनता भन्दा नेता मोटाउने काम भएको प्रति ध्यानाकर्षण गर्दै भट्टराईले नेपाली जनतालाई फेरी आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गरे ।
कार्यक्रममा प्रध्यापक रामु बस्याल, रवि पंगेनी, चण्डी पंगेनी, गुरु अर्याल, नेविसंघ इकाई सभापति शिशिर आचार्य, क्याम्पसका लेखापाल कृष्ण आचार्य लगायतका बक्ताहरुले गणतन्त्रमा हत्या, हिंसा, भष्ट्राचार, महङ्गीले प्रसय पाउनु दुखद भएको बताए । क्याम्पसमा अध्यनरत सबै विद्यार्थीलाई स्ववियूले कलम वितरण गरेको थियो ।
यता गणतन्त्र दिवसको अवसर पारेर वालिङ नगरपालिकाले सरसफाई र अन्तरक्रिया कायैक्रम सम्पन्न गरेको छ । वालिङ नगर सरसफाईपछि आयोजना गरिएको अन्तरक्रियामा गणतन्त्र दिवस मनाएर भन्दा पनि यसको महत्वलाई ध्यान दिन आग्रह गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक आजदेखि
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेशी, होला त सुनुवाइ ?
जेठ १, २०८१ मंगलबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ १, २०८१ मंगलबार
सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै
जेठ १, २०८१ मंगलबार
आजको मौसम : यी ठाउँमा चट्याङ्गसहित वर्षाको सम्भावना
जेठ १, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १, २०८१ मंगलबार