सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा
इन्द्र रिजाल
जेठ १७, २०७६ शुक्रबार १५:५७:३०
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताए छ । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको छ भने ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने, “सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर सङ्घीयता आएको हो । सङ्घीयताको महत्वपूर्ण कार्य भनेको सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु नै हो ।”
सङ्घीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने धारणा व्यक्त गर्दै उने भने, “त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो ।” सङ्घीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो ।
‘सङ्घीयतालाई बेवास्ता गरियो’
सरकार बुधबार पेश गरेको बजेट हेर्दा सङ्घीयतालाई बेवास्ता गर्न खोजेको देखिन्छ भन्दै सभापति देउवाले बजेटले सङ्घीयतालाई अपमान गर्न खाजेको आरोप लगाए । “सत्तारुढ दलबाटै नेतृत्व गर्ने प्रदेशका मुख्यमन्त्रीले अधिकार नपाएको गुनासो गर्न थालेका छन्, त्यसैले यो सरकार सङ्घीयताकोे पक्षमा छैन, सङ्घीयताको विरोधी छ”, उनले थपे।
सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाउँदै उनले प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्ने र सोहीअनुसार काम गर्न पाउनुपर्ने बताए । प्रदेश र सङ्घबीचको सहयोगको सम्बन्ध हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सभापति देउवाले बताए । कांग्रेसले सङ्घीयतालाई सफल बनाउन लागिपरेको बताउँदै उहाँले प्रदेशका पक्षमा अगाडि बढ्नुपर्ने बेला आएको छ भने ।
विगतमा राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण राजतन्त्र फाल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आज लोकतन्त्रलाई असफल र कमजोर बनाउन लागिपरेको टिप्पणी गरे । “त्यसका लागि कांग्रेसले अर्काे लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ”, उनी भने ।
कांग्रेसको भूमिका महत्वपूर्ण
कार्यक्रममा पार्टीका उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले सङ्घीयता प्रजातान्त्रिक मोडेल भएको र नेपालमा सङ्घीयता लागू गर्न कांग्रेसले नै नेतृत्व गरेको बताउँदै यसलाई सफल बनाउन पनि कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टीको अहम् भूमिका हुने विचार व्यक्त गरे ।
सरकारका क्रियाकलाप सङ्घीयताको भावना र मर्म विरोधी भएको आरोप लगाउँदै उनले संविधानअनुसारको अधिकार, आवश्यक जनशक्ति र पर्याप्त स्रोतसाधन नपाउँदा सातै प्रदेशले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गरे ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले २००७ सालमा पार्टीका नेता बिपी कोइरालाले कोरेको राजनीतिक माार्गअनुसार नै कांग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भई सोहीअनुसार नै पार्टीकै अग्रसरतामा निर्वाचनमार्फत् सङ्घीयता कार्यान्वयनमा आएको उल्लेख गरे । उनले संविधानअनुसार पार्टीको विधान बनाउने काङ्ग्रेस पहिलो पार्टी भएको जानकारी गराउँदै नयाँ विधानअनुसारका पार्टीका अन्तरिम संरचना बनाउन आवश्यक छलफल र तयारी अघि बढेको बताए ।
जनताका आवश्यकता
पार्टीकी नेत्री डा आरजु देउवा राणाले सुशासन, स्रोत साधनको बाँडफाँट र परिचालन तथा भ्रष्टाचार नियन्त्रणमा वर्तमान सत्ता पक्षले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गर्दै काङ्ग्रेसले आफू विजयी भएका स्थानीय तहमा उपर्युक्त विषय कार्यान्वयमा ध्यान दिई राम्रो काम गरेर उदाहरणीय बन्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा प्रा डा लोकराज बरालले सङ्घीयता कार्यान्वयनका चुनौतीसम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्दै सङ्घीयताको मर्मअनुसार व्यवहारमा कार्यान्वयन नभएसम्म सङ्घीयता दिगो नहुने बताए ।
सङ्घीयताका जानकार डा रुद्र शर्माले सङ्घीयता प्रजातन्त्रको विस्तारित रुप भएको उल्लेख गर्दै यसको सफल कार्यान्वयनका लागि काङ्ग्रेसजस्तो प्रजातान्त्रिक शक्तिको अग्रसरताको आवश्यकता औँल्याए ।
वरिष्ठ अधिवक्ता डा सूर्य ढुङ्गेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सङ्घीयतासम्बन्धी संवैधानिक र कानूनी विषयलाई जनताका आवश्यकतासँग जोडेर कार्यान्वयन गर्न सकेमात्र सङ्घीयता सफल हुने धारणा व्यक्त गरे । कांग्रेसले गणतन्त्र दिवसका अवसरमा यही जेठ १४, १५ र १६ गते देशभर विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बैशाख ३१, २०८१ सोमबार
आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै
बैशाख ३१, २०८१ सोमबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार