‘छुटयाइएको छ दाम, अब सुरु गरौँ काम’
इन्द्र रिजाल
जेठ २०, २०७६ सोमबार १३:२१:३७
काठमाडौं । आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकाङ्क्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती औँल्याएका छन् ।
प्रतिनिधिसभाको आजको बैठक आव २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले बजेटको पक्ष र विपक्षमा मत जायर गरेका हुन् ।
आर्थिक समृद्धिको नारालाई सार्थक तुल्याउन पूर्वाधार विकास, उत्पादन वृद्धि, सामाजिक सुरक्षालगायतका विषयलाई बजेटले प्रथामिकता दिएको सत्तापक्षका सांसदको धारणा छ भने प्रतिपक्षी सांसदले वितरणमुखी बजेटले प्राथमिकताको क्षेत्र निर्धारण गर्न नसकेको, जनताको प्रत्यक्ष समस्यालाई सम्बोधन नगरेको टिप्पणी गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद देवप्रसाद गुरुङले विगतका तुलनामा बजेट सकारात्मक रहेको भन्दै तीव्र आर्थिक, विकास मौलिक हकको कार्यान्वयन, कृषि, उद्योगको प्रवद्र्धन गरी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यसहित आएको बजेटको व्यावहारिक कार्यान्वयनमा जोड दिए ।
उनले बजेट ठूलो आकारमा भएकाले चुनौती रहेको भन्दै ऋणको भारलाई कम गर्न, आर्थिक उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा कार्यान्वयनमा चुनौती रहेको बताए । सांसद गुरुङले चालू खर्च कम गरी पूँजीगत खर्च बढाउन राज्यका सबै संयन्त्रलाई प्रभावकारी बनाउन जरुरी भएको उल्लेख गरे ।
सोही दलका सांसद नारायणप्रसाद मरासिनीले सामाजिक न्यायसहितको तीव्र आर्थिक विकास गर्ने लक्ष्यसहित आएको बजेट सकारात्मक रहेको र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिए । ‘छुट्याइएको छ दाम अब गरौँ काम’ भन्दै मरासिनीले सरकारले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिलगायतका क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजना गरेका कारण आगामी आबको बजेट यथार्थमुखी भएको उल्लेख गरे ।
सांसद इन्दुकुमारी शर्माले कर्मचारी प्रशासनलाई प्रोत्साहन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन ऊर्जालगायत क्षेत्रलाई प्राथमिकतामा राखेर लयाइएको बजेट सकारात्मक रहेको धारणा राखे । नेकपाकै सांसद नारदमुनि रानाले ऊर्जा विकास, रोजगारी सिर्जनाका विषय, सामाजिक सुरक्षालगायतका प्राथमिकताका विषयलाई बजेटले प्राथमिकता दिएको भन्दै बजेटको समर्थन गरे ।
सांसद बीनाकुमारी श्रेष्ठले बजेट नीति तथा कार्यक्रममा आधारिता भएर आएको र यसले समृद्ध नेपाल सुखी नेपालीको चाहनालाई सार्थक तुल्याउन महत्वपूर्ण सहयोग पुग्ने बताए । सांसद बृजेशकुमार गुप्ताले सत्तापक्षले जतिसुकै राम्रो बजेट ल्याए पनि प्रतिपक्षले विरोध गर्नैपर्ने मान्यताबाट ग्रसित नहुन आग्रह गर्दै भने, “चालू आवको बजेट ल्याउँदा वृद्धभत्ता खै भन्दै विरोध गर्ने प्रतिपक्षी साथीहरू आगामी आवको बजेटमा सोही कार्यक्रम ल्याउँदा फेरि किन विरोध ?”
सांसद मनकुमारी जिसीले आम नेपालीलाई उत्साह जगाउने गरी आएको बजेटले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षालाई सार्थक बनाउन बजेटलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । बैठकमा नेपाली कांग्रेसका सांसद डा नारायण खड्काले प्राथमिकताको क्षेत्रलाई बजेटले समेट्न नसकेको र पूँजीखत खर्च गर्ने क्षमता बनाउन नसकेको बजेटको कार्यान्वयन चुनौतीपूर्ण रहेको उल्लेख गरे ।
सांसद लक्ष्मी परियारले महत्वकाङ्क्षी र वितरणमुखी बजेटले जनअपेक्षाअनुरुप कार्यक्रम सम्बोधन गर्न नसकेको बताए । प्रतिनिधिसभाको अर्को बैठक आज बिहान २० गते बिहान ११ बजे बस्नेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
कांग्रेसले मंगलबार बिहानसम्म प्रधानमन्त्रीको निर्णय कुर्ने
बैशाख ३१, २०८१ सोमबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
बैशाख ३१, २०८१ सोमबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
बैशाख ३१, २०८१ सोमबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
चिसो हावा र पानीले प्रसिद्ध 'नरपानी डाँडा'
बैशाख ३१, २०८१ सोमबार
मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री, जसपाले पठायो तीन जनाको नाम
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार