Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’को सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। बिहीबार बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै तीन घण्टा सारिएको थियो।

तर, अध्यक्षद्वयले तयारी नपुगेको बताएपछि बैठक स्थगित भएको हो। पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रयास जारी छ।

सोही अभिप्रायले मंगलबार र बुधबार बसेका बैठक निष्कर्षविहीन भएका थिए। आजको लागि सारिएको बैठक पनि बस्दै नबसी स्थगित भएको हो।

Advertisement

इन्चार्ज र सहइन्चार्जको विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच विवाद रहँदै आएको छ। माधव नेपालले बैठकहरुमा दोहोरो जिम्मेवारीको विरोध गर्दै आएका छन् भने ओली यसअघि पनि दोहोरो जिम्मेवारी दिइँदै आएकाले जिल्लाको हकमा पनि दिनुपर्ने पक्षमा छन्।

Advertisement