fbpx

मुग्लिन नौबिसे सडकखण्डमा बिहान पहिरो खस्दा मुग्लिनसडक अवरुद्ध !



नेपालबहस संवाददाता
 




काठमाडौं । पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा परेका छन् ।


सम्बन्धित समाचार