fbpx

प्रधानमन्त्रीको साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित !



नेपालबहस संवाददाता
 




काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्रीको भोलिबाट सुरु हुने साताव्यापी युरोप भ्रमण द्धिपक्षीय महत्वको विषयमा केन्द्रित हुने बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्रीको युरोप भ्रमणको पूर्व सन्ध्यामा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उहाले बेलायत, स्वीट्जरल्याण्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राखेर भ्रमण हुने बताए ।

उनले भ्रमणको दौरान द्धिपक्षीय विषयमा पनि छलफल हुने विश्वास दिलाए । भ्रमणको क्रममा नेपालले लामो राजनीतिक संक्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले राख्ने पनि उहाले बताए ।

भट्टराईले ब्रिटिश गुर्खासम्बन्धी समस्याको बारेमा नेपालले आफ्नो राष्ट्रिय अडान र मान्यतालाई कायम राख्दै अघि बढ्नेपनि बताए । उनका अनुसार प्रधानमन्त्री ओली जेनेभास्थित आई.एल.ओको सय वर्ष पुगेको अवसरमा आयोजित शतवार्षिकी कार्यक्रममा चौथो वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यस्तै, प्रधानमन्त्रीको बेलायत भ्रमण अक्सफोर्ड विश्विद्यालयमा सम्बोधन गरेर औपचारिक रुपमा सुरु हुनेपनि उहाले जानकारी दिए । साक्षात्कारमा बेलायतका लागि पूर्व नेपाली राजदुत डा. सुरेशचन्द्र चालिसेले प्रधानमन्त्री ओलीको युरोप भ्रमण सफल हुने विश्वास व्यक्त गरे । नेपाल–बेलायत सम्बन्ध धेरै पूरा रहेको सुनाउँदै उनले सन् २०१४ मा बनेको कनसर्नट्रेशन मेकानिज्मबारे प्रधानमन्त्रीले सकारात्मक भूमिका खेल्ने अपेक्षा पनि गरे ।

परराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले पछिल्लो समय नेपाल विश्वको प्राथमिकतामा पर्न थालेको बताए । नेपालको वैदेशिक सम्बन्ध बेलायतसँगको सम्बन्धबाट नै सुरु भएको बताउँदै नेपाल–बेलायत सम्बन्ध महत्वपूर्ण रहेको पनि पाण्डेको भनाई छ ।

उनले नेपाल चीनको बिआरआईमा हस्ताक्षर राष्ट्र भएकोले नेपालले चीन, भारत र अमेरिका चासो र स्वार्थमा चनाखो हुनुपर्ने सुझाव पनि दिए । प्रधानमन्त्रीको विदेश भ्रमणले द्धिपक्षीय सम्बन्ध अझ मजबुद र सुदृढ हुने पाण्डेको विश्वास छ ।


सम्बन्धित समाचार