fbpx

आज पहाडी क्षेत्रमा हावाहुरीसहित पानी पर्ने



नेपालबहस संवाददाता
 




काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले प्रि मनसुनमा देखिएको मौसम बदलीले पूर्वी भागमा हावाहुरीको सम्भावना देखाएको हो ।

महाशाखाका अनुसार भोलि दिउँसो देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य वदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने सम्भावना छ ।

देशका पूर्वी तथा मध्य भूभागका केही र पश्चिमी भूभागका थोेरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको पूर्वानुमान छ ।

भोलि राति देशका पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा सामान्य बदली रहने र बाँकी भागहरुमा आंशिक बदली रहने जनाइएको छ ।


सम्बन्धित समाचार