fbpx

हुन्डाई फेष्टिभ डिलाइट २०७५ का विजयी घोषणा

खड्कालाई क्रेटा र केसीलाई आई २० गाडीको बम्पर उपहार



नेपालबहस संवाददाता
 




काठमाडौं । हुन्डाई अटोमोबाइल्स नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले एक समारोह बीच हुण्डाई फेष्टिभ डिलाइट २०७५ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ ।

हुण्डाईको नक्साल शोरुममा भएको समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले विजयीहरु :- बद्रिकुमार खड्का (कुपन नं. १६२२) लाई क्रेटाको साँचो तथा भावना के.सी.(कुपन नं.९०६) लाई i20 Active को साँचो हस्तान्तरण गरे । उक्त समारोहमा लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, विमला खनाल (अध्यक्ष–कञ्जुमर आई नेपाल) तथा सुश्री नैन्सी बोगटी (हुण्डाई मिस फ्रेण्डशीप २०१९ विजेता) को पनि उपस्थिति थियो ।

लक्की ड्र को विजेताहरुको छनौट ५ मे, २०१९ मा हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । बम्पर लक्की ड्र का विजेताहरुको छनौट कार्यक्रमका मुख्य अतिथि श्रीमती विमला खनाल अध्यक्ष–कञ्जुमर आई नेपालसहित सुश्री श्रृंखला खतिवडा (मिस नेपाल २०१८)ले गरेका थिए । साथै १० ग्राम सुन जित्ने १०० जना भाग्यशाली विजेताहरुको छनौट श्रीमती विमला खनालले कञ्जुमर आई नेपालको अनामनगरस्थित कार्यालयमा गरेकी थिइन ।

हुण्डाई फेष्टिभ डिलाइट २०७५ अन्तर्गत हुण्डाइ खरिदकर्ताहरुले एक थान Creta, एक थान i20 Active, १०० जनाले १० ग्राम सुनसहित स्क्राच कार्डमार्फत एक लाखसम्मको नगद छुटपनि प्राप्त गरेका छन् । सम्पूर्ण विजेताहरुलाई बधाई दिदै लक्ष्मी समूहका अध्यक्ष श्रेष्ठले हुण्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्नुहुने आफ्ना सम्पूर्ण ग्राहकहरुप्रति आभार व्यक्त गरेका छन् ।

सबै हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहितको सेवा उपलब्ध छन् । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपाल भरी १५ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

हुण्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमाेवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडाैं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।


सम्बन्धित समाचार