Advertisement

काठमाडौं । सभामुख कृष्ण वहादुर महराले बजेट कार्यान्वयनको बिधि र प्रक्रियालाई समयसापेक्ष परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल बुद्धिजिवि संगठनले सोमबार काठमाडौमा आयोजना गरको आर्थिक बर्ष २०७६÷७७ को बजेट र कार्यान्वयन पक्ष बिषयक अन्तक्र्रिया कार्यक्रममा उनले संघीयताको मर्म र भावना अनुरुप बजेट कार्यान्वयन गर्नका लागी यसको बिधि र प्रक्रिया परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

सभामुख महराले आर्थिक बर्षको अन्तिम समयमा धेरै पूँजीगत खर्च हुँदा त्यसअघिको समय पूँजी परिचालन हुन नसक्ने र यसले समग्र बजेटमा असर पर्ने समेत बताए ।

Advertisement

उनले कतिपय दिर्घकालीन र अल्पकालीन आयोजनाहरुको निर्माण समयमा नै सम्पन्न नहुदा पूँजीगत खर्च थप बढ्ने देखिएको जिकिर गरे । त्यस्तै सभामुख महराले करिव दुई तिहाईको सरकारले पछिल्लो समय जनअपेक्षाअनुरुप काम गर्न नसकेको कारण सरकारको आलोचना बढ्दै गएको टिप्पणी पनि गरे ।

कार्यक्रममा नेकपा नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले यस बर्षको बजेटमा धेरै नयाँ नयाँ कार्यक्रमहरु समावेश गरिएको बताए । साविक र नयाँ योजनाहरु योजनाहरु कार्याव्न्यनका लागी गम्भीर भएर अघि बढ्नुपर्ने उनको भनाई छ ।

Advertisement