डडेल्धुराका किसान अन्नबाली छोडेर आलुखेतीतिर आकर्षित
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार २३:४४:२६
डडेल्धुरा । बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् ।
जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।
जिल्लाको अमरगढी नगरपालिका–१ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका किसानले तीनमहीने ‘कार्डिनल’ जातको आलु लगाएर राम्रो आम्दानी गर्न सफल भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्न बालीका लागि ६ महीना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा अपेक्षाभन्दा बढी आम्दानी हुने अमरगढी–७ का किसान वसन्तीदेवी भण्डारीको भनाइ छ ।
उनले भनिन, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ किसान समूहमा बचत पनि गरेका छौँ ।”“बढी फाइदा आलु खेतीमा रहेछ, अन्नबाली लगाएर जोगाउन कठिन पनि हुने परिश्रम पनि बढी लाग्ने भएकाले आलुखेतीमा लागेका हौं”, किसान प्रिया कठायतले भने । मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीका किसानले सोचे जस्तै उपलब्धि हासिल गरिरहेको उनको भनाइ थियो ।
जिल्लाका किसानले यो मौसममा पनि मकै लगाउन छोडेर तरकारी नै लगाउने गरेको पाइएको छ । आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सक्रियता बढी छ । यो खेतीमा धेरै समय महिलाले दिन्छन् । कतिपय महिला किसान आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमान् तथा अन्य परिवारको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको वसन्तीदेवी भण्डारीको अनुभव छ ।
अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिँउदे र बर्खे बालीका रुपमा आलुखेती गरिन्छ । त्यसबाट प्रत्यक्ष रुपमा मौसमी रु ५० लाख किसानले आम्दानी गर्ने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपजलजलामा ७५ हेक्टरमा सुन्तलाजन्य फलफूल विस्तार गरिने
बैशाख ३०, २०८१ आइतबार
लामो समयपछिको वर्षाले किसानलाई राहत
बैशाख ३०, २०८१ आइतबार
किसानलाई अनुदानमा मौरीसहितका घार वितरण
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार
राजस्थानमाथि चेन्नई ५ विकेटले विजयी
बैशाख ३०, २०८१ आइतबार