Advertisement

काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले शान्तिसुव्यवस्था कायम गर्न प्रहरीले कानुनबमोजिम नै आइतबार माइतिघरमा भिडलाई नियन्त्रण लिन सामान्य वल प्रयोग गरेको स्पस्टीकरण दिएका छन् ।

राष्ट्रियसभाको सोमबारको तेश्रो बैठकमा आइतबार गुठ्ठीयारहरु माथि भएको दमनका ’boutमा सांसदहरु उठाएको प्रश्नको जवाफ दिदै उनले प्रदर्शनकारी उत्तेजित भएर तोडफोडमा उत्रेपछि प्रहरीले भिडलाई नियन्त्रण लिन बल प्रयोग गरेको बताए ।

उनले प्रदर्शनकारीले सडकमा सुतेर सडक अवरोध गर्नका साथै सुरक्षामा खटिएका प्रहरी माथि ढुङ्गा मुडा प्रहार गरेका कारण प्रहरीले बाध्य भएर सामान्य धरपकड गरेको जानकारी पनि दिए ।

Advertisement

उनले नियमविपरित बल प्रयोग गरे नगरेको बिषयमा अध्ययन गरिने र सोको प्रतिवेदन आएपछि कोहि दोषी देखिए कारवाही गर्ने आश्वासन पनि दिए । आइतबार गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा भएको प्रदर्शनमा धरपकडको विरोध गर्दै सोमबार संघीय संसदको कामकारबाही अवरुद्ध पारेका थिए ।

सांसदहरुले यस बिषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने भनेपछि गृहमन्त्री थापाले घटनाका ’boutमा जानकारी गराएका हुन् ।

Advertisement