fbpx

विश्वकप क्रिकेट : बंगलादेश र श्रीलंकाबीच खेल हुँदै, दुवै जितको खोजीमा



नेपालबहस संवाददाता
 




एजेन्सी । १२ औँ आईसीसी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत आज ‘मंगलबार’ एक खेल हुँदैछ । बंगलादेश र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा सुरु हुनेछ।

दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्ला तीन खेलमा एक जित र दुई हार व्यहोरेको बंगलादेश २ अंकसहित आठौँ स्थानमा रहेको छ । यस्तै श्रीलंका ३ खेलमा एक जित, एक हार र एक बराबरी खेलेर ३ अंकसहित छैठौँ स्थानमा रहेको छ ।

यसअघि सोमबार दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको खेल नतिजाविहिन बनेको थियो । वर्षाले प्रभावित खेल स्थगित भएपछि दुवै टोलीले अंक बाँडेका छन्।


सम्बन्धित समाचार