fbpx

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट बाँदर लखेट्न खर्च



नेपालबहस संवाददाता
 




पाल्पा । पाल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् ।

बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन । रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अगाडि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए ।

‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकमले बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने । –नयाँ पत्रिका दैनिकबाट


सम्बन्धित समाचार

Get Connected With Us
Follow us on Twitter